शीतल निवास फर्किए राष्ट्रपति पौडेल
नेपालखोज
२०७९ चैत २२ गते १४:०९

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उपचार पछि शीतल निवास फर्किएका छन् ।
गत शनिबार पेट दुख्नेजस्ता समस्या देखिएपछि राष्ट्रपति पौडेललाई महाराजगञ्जस्थित त्रिवि शिक्षण (टिचिङ) अस्पताल भर्ना गरिएको थियो ।
स्वास्थ्यलाभ पछि राष्ट्रपति पौडेल बुधबार निवास फर्किएको राष्ट्रपति पौडेलको सचिवालयले जानकारी दिएको छ ।
सम्बन्धित

प्रतिक्रिया