आर्मीमाथि थ्रीस्टारको जित

नेपालखोज २०७९ चैत २३ गते १६:३९

काठमाठौं । शहीद स्मारक ए डिभिजन लिगमा थ्रीस्टारले त्रिभुवन आर्मी फुटबल क्लबलाई १–० ले पराजित गरेको छ ।

विहिबार च्यासल मैदानमा भएको खेलमा नाइजेरियन खेलाडी अजयी मार्टिन्सले१६ औं मिनेटमा गोल गर्दै थ्रीस्टारलाई अग्रता दिलाएका थिए ।

थ्रीस्टारलाई ३ अंक दिलाउन त्यही गोल निर्णायक बन्यो । तेस्रो जितपछि थ्रीस्टार १० अंक जोडेर छैटौं स्थानमा उक्लेको छ ।

यस सिजन दोस्रो हार बेहोरेको आर्मी ६ खेलबाट ८ अंकसहित आठौं स्थानमा झरेको छ ।

प्रतिक्रिया