सेनाले माग्यो विभिन्न पदमा आवेदन
नेपालखोज
२०७९ चैत २४ गते ११:२८

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवातर्फका अधिकृत पदका लागि इच्छुकहरुबाट दरखास्त मागेको हो ।
खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको भर्ना छनोट निर्देशनालयले जनाएको छ ।
नर्सिङमा ४२ जना, लेखामा ४६ जना र पुजारीमा ११ जनालगायत गरी विभिन्न पदका लागि सेनाले १५५ जना माग गर्दै दरखास्त आह्वान गरेको हो ।
आज देखि २०८० वैशाख २४ गतेसम्म आवेदन दिन सकिनेछ ।
सम्बन्धित

प्रतिक्रिया