संसद् भवन अगाडि आत्मदाहको प्रयास, प्रहरीले उद्दार गर्‍यो

नेपालखोज २०७९ चैत २४ गते १७:५७

काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडि आत्मदाहको प्रयास भएको छ । संसद् भवनको एक नम्बर गेट अगाडि एक जनाले आत्मदाहको प्रयास गरेका हुन् । पेट्रोल खनाएर आगो लगाउन खोज्दा उनलाई प्रहरीले जोगाएको हो । आत्मदाहकाे प्रयास गर्ने युवककाे पहिचान खुलेकाे छैन ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार आत्मदाहको प्रयास गर्नेमा ५३ वर्षका विवाहित पुरुष रहेका छन् । उद्दार गरेर अहिले उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको  छ । आत्मदाहको प्रयास गर्नुमा पारिवारिक कारण रहेको देखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया