‘ए’ डिभिजन लिग : खुमलटारसँग रोकियो जावलाखेल 

नेपालखोज २०७९ चैत २४ गते २०:२८

काठमाडाैं । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार जावलाखेल युथ क्लब र नवप्रवेशी फुटबल क्लब खुमलटारले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा जावलाखेलका एन्कोटो सिनोस मसोबी र फोडे फोफानाले गोल गर्दा खुमलटारका अभिषेक लिम्बू र मेसुके ओलोउमेउले गोल गरेका थिए । 

बराबरीसँगै सात खेलबाट १४ अंक जोडेको जावलाखेल तालिकाको दोस्रो स्थानमा छ । समान खेलबाट सात अंक जोडेको खुमलटार नवौं स्थानमा छ ।

प्रतिक्रिया