नेपालखोज दिनभरी : खबर सारांश
नेपालखोज
२०७९ चैत २४ गते २२:३७
रवि लामिछानेको राहदानीमा मुद्दा नचल्ने निर्णय विधिसम्मत भएको महान्यायाधिवक्ताको स्पष्टोक्ति ।
सरकारले चार डीआईजीलाई एआईजीमा बढुवा गर्ने ।
प्रतिनिधिसभाबाट अभिलेख संरक्षणसम्बन्धी विधेयक स्वीकृत ।
प्रतिनिधिसभामा दर्ता भएका विधेयकमा आम जनताले पनि सुझाव दिन पाउने ।
संसद् भवन अगाडि एक व्यक्ति गरे आत्मदाहको प्रयास, प्रहरीले उद्दार गर्यो ।
वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गर्न समिति गठन ।
मिटरव्याज पीडितसँग वार्ता गर्न वार्ता समिति गठन ।
माओवादीले आगामी नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन गर्ने ।
‘ए’ डिभिजन लिगमा खुमलटारसँग रोकियो जावलाखेल, २ २ खेलको बराबरी ।
सम्बन्धित

प्रतिक्रिया