सिंहदरबारको फोहोर नउठाउने बालेनको घोषणा
नेपालखोज
२०७९ चैत २५ गते ११:५४

काठमाडौं । काठमाडौं महानगरपालिकाका नगरप्रमुख बालेन साहले आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका छन् ।
उनले आफ्नो आधिकारीक फेसबुक पेजबाट फोहोर नउठाउने घोषणा गरेका हुन् । उनले राजनीतिक दलका नेताहरूप्रति कडा टिप्पणी समेत गरेका छन् ।
आजदेखि सिंहदरबारको फोहोर नउठाउने घोषणा गर्दै मेयर साहले आधिकारिक फेसबुक पेजमा लेखेका छन्, ‘साँच्चिकै देश सफा गर्नुपरे त्यहाँका नेताहरूले सिस्डोलमा डम्प गर्नुपर्ने हुन्छ ।’

सम्बन्धित
प्रतिक्रिया