नेपाल महिला ओलम्पिक छनोटबाट बाहिरियो
नेपालखोज
२०७९ चैत २५ गते २०:३६

काठमाडौं । पेरिस महिला फुटबल ओलम्पिक एसियन छनोटमा पहिलो चरणबाटै नेपाल बाहिरिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा सुरुमै ७ मिनेट भित्र २ गोल खाएको नेपाल २-० ले पराजित भएसँगै पहिलो चरणबाटै बाहिरिएको हो ।
पहिलो खेलमा नेपाल ५-१ ले पराजित भएको नेपाल ७-१ को नतिजासँगै ओलम्पिक २०२४ को महिला फुटबल छनोटबाट बाहरियो ।
बुधबार भएको पहिलो खेलको तुलनामा आज शनिबार नेपालले सुधारिएको खेल प्रदर्शन गरे पनि भियतनामसँगको हार टार्न सकेन ।
खेलको छैटौं मिनेटमा भियतनामले पाएको पहिलो कर्नरमा पोष्टमा अलमल हुँदा पाम हाइ यानले गरेको फितलो प्रहार गोल भयो । त्यसको एक मिनेट पनि नबित्दै खेलको सातौं मिनेटमा तान थि थु था ओले गरेको पासमा पुन यानले नै गोल गरिन् ।
सम्बन्धित

प्रतिक्रिया