हेली एभरेस्ट दुर्घटनाग्रस्त अवस्थामा , पाइलट जीवितै
नेपालखोज
२०७९ चैत २६ गते १३:४१

काठमाडौं । आइतबार बिहानदेखि सम्पर्कविहीन बनेको हेली एभरेस्टको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।
इटालियन बेसक्याम्पबाट धौलागिरि बेसक्याम्पका लागि उडेको हेलिकप्टर बिहान ११ बजेर १ मिनेट जाँदा सम्पर्कविहीन भएको थियो ।
हेलिकप्टरको खोजीमा उडेको एयर डाइनेस्टीको विमानले उक्त हेलिकप्टरलाई धौलागिरि बेसक्याम्पमा पल्टिरहेको अवस्थामा फेला परेको थियो ।
यद्यपि, हेलिकप्टरमा सवार पाइलट भने जीवितै फेला परेका छन् । विमानमा पाइलट श्री अधिकारी मात्र रहेको र उनी जीवितै फेला परेका थिए ।
सम्बन्धित
प्रतिक्रिया