पन्जाब बिरुद्धको खेलमा जित सहज छैन् हैदराबादका लागि

नेपालखोज २०७९ चैत २६ गते १५:०४

काठमाडाैं । सनराइजर्स हैदराबाद इन्डियन प्रिमियर लिग (आइपिएल) २०२३ को १४ औं खेलमा आज पन्जाब किंग्ससँग भिड्दै छ । यो खेल नेपाली समय अनुसार साँझ ७ : ४५ बजे हैदराबादमा सुरु हुनेछ । घरेलु टिम हैदराबाद आइपीएलको यो सिजनमा आफ्नो पहिलो जितको खोजीमा छ । हैदराबादले आफ्ना सुरुका दुइ खेल कमजोर ब्याटिङका कारण हारेको थियो त्यसैले उसले ब्याटिङमा ठुलो सुधार ल्याउनुपर्ने छ । हैदराबाद पहिलो खेलमा राजस्थान रोयल्ससँग ७२ रनले पराजित भएको थियो ।

यता पन्जाब किंग्स लगातार तेस्रो जित हात पार्न चाहन्छ । पन्जाबले पहिलो खेलमा कोलकातालाई ७ रन तथा दोस्रो खेलमा राजस्थान रोयल्सलाई ५ रनले हराएको थियो । आजको खेलमा पन्जाबविरुद्ध रन जोड्न हैदराबादलाई सहज हुनेछैन ।

राजस्थान ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ आइपीएलको अंक तालिकाको शीर्ष स्थानमा छ । लखनऊ ३ खेलमा २ मा जित र १ मा हारसहित ४ अंकका साथ दोस्रो स्थानमा छ । गुजरात, चेन्नई र पन्जाबको समान ४ अंक भएपनि रनेटरनरेटको कारण क्रमश तेस्रो, चौथो र पाँचौं स्थानमा छन् । मुम्बई, दिल्ली र हैदराबाद जित विहीन हुँदै क्रमशः आठौं, नवौं र दशौं स्थानमा छन् ।

प्रतिक्रिया