शुक्रबार, जेठ ३१, २०८२

एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता

नेपालखोज २०७९ चैत २७ गते १४:३८

काठमाडौं। नेकपा एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले सोमबारबाट लागू हुनेगरी सरकारलाई दिएको समर्थन फिर्ता लिइएको हाे ।

मुख्यमन्त्री राजकुमार शर्मालाई विश्वासको मत दिएको १५ दिन नपुग्दै एमालेले समर्थन फिर्ता लिएको कर्णाली प्रदेश दलका नेता यामलाल कँडेलले बताए ।

आइतबार एमालेका तीन मन्त्री आर्थिक मामिला तथा योजना मन्त्री विनोद शाह, सामाजिक विकास मन्त्री टेकराज पछाई तथा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्लले राजीनामा दिएका थिए ।

प्रतिक्रिया