शुक्रबार, वैशाख २८, २०८१

युट्युब ट्रेन्डिङको एक नम्बरमा ‘पुष्पा–२’को टिजर (भिडियो)

नेपालखोज २०७९ चैत २७ गते १५:३९

काठमाडौं । दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’को टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा छ । दुई दिन अगाडि सार्वजनिक टिजर युट्युब ट्रेन्डिङको एक नम्बरमा रहेको छ ।

वर्षकै प्रतिक्षित सिनेमा ‘पुष्पा’मा अल्लु अर्जुन, रश्मिका मन्दना, फहद फासिल, धनुञ्जयलगायत मुख्य भूमिकामा छन् । सुकुमार बान्द्रेडीको कथा तथा निर्देशन रहेको सिनेमाको पहिलो सिरिजले राम्रो कमाइ गरेपछि दोस्रो सिरिज प्रतिक्षित बनेको हो ।

टिजरमा पुष्पा जेलबाट फरार भएको देखाइएको छ । फरार पुष्पालाई खोज्न प्रहरीको स्पेसल फोर्स परिचालन गरिएको छ । एक महिनादेखि निरन्तर सहरमा प्रदर्शन भइरहेको छ । अचानक जंगलमा बाघसँग पुष्पा आमनेसामने भएको दृश्य टेलिभिजनमा देखिएपछि नागरिकमा उल्लास छाउँछ ।

प्रतिक्रिया