आर्सनल र लिभरपुलको बराबरी

नेपालखोज २०७९ चैत २७ गते १६:३१

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलको उपाधि दौडमा रहेको आर्सनल लिभरपुलसँग बराबरीमा रोकिएको छ । आइतबार राति भएको खेलमा आर्सनल लिभरपुलसँग उसैको मैदानमा २–२ गोलको बराबरीमा रोकिएको हो ।

प्रतिस्पर्धात्मक खेलमा आर्सनलले अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो । आर्सनलका लागि गाब्रियल मार्टिनेली र गाब्रियल जेससले गोल गरे। लिभरपुलका मोहमद सलाह र रोबर्टो फिर्मिन्होले बराबरी गोल फर्काए ।

आठौं मिनेटमा मार्टिनेलीले गोल गर्दै पाहुना टोली आर्सनलको उत्साह जगाएका थिए । त्यसपछि २८औं मिनेटमा जेससले गोल गर्दै आर्सनलको अग्रता दोब्बर बनाए ।

आर्सनलको लगातार दुई गोलपछि जोसिएको लिभरपुल ४२औं मिनेटमा सलाहको गोलमा खेलमा फर्किएको थियो । त्यसपछि सलाह मिनेटमा पेनाल्टीमा चुकेका थिए । तर ८७ औं मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई हारबाट जोगाए ।

प्रतिक्रिया