पर्यवरणिय असन्तुलनका कारण मृत्यु हुनेहरु बेहिसाब बढ्दै

काठमाडाैं । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जलवायु परिवर्तन मानव स्वास्थ्यका लागि अहिलेसम्मकै ठूलो खतरा भएको बताएको छ । संगठनले इजिप्टको शर्म अल-शेख सहरमा भएको विश्व जलवायु सम्मेलन कोप २७ मा यो विषयलाई केन्द्रमा राख्न माग समेत गरेको थियो । विज्ञहरूका अनुसार जलवायु परिवर्तनले मानिसलाई धेरै किसिमले असर गर्छ ।
अत्यधिक गर्मी, पानीको अभाव, बाढीजन्य रोगहरू र वायु प्रदूषण, यी सबै कारणले मानव स्वास्थ्यलाई विभिन्न तरिकाले असर गर्छ । विश्व स्वास्थ्य संगठनले सन् २०३० देखि २०५० सम्म जलवायु परिवर्तनका कारण वर्षेनी २५ लाख बढीको मृत्यु हुने दाबी गरेको छ । ती मध्ये अधिकांश मानिसको मृत्यु कुपोषण, मलेरिया, झाडापखाला र गर्मीका कारण हुनेछ । मर्नेहरूको संख्या ‘धेरै संकीर्ण अनुमान’ हो, एनजीओ ग्लोबल क्लाइमेट एन्ड हेल्थ एलायन्सका नीति प्रमुख अधिकारी जेस बीगल भन्छन्। “जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा, हामी मानव स्वास्थ्यमा अझ बढि खतरा देखिरहेका छौं ।
‘उनी भन्छिन् । संयुक्त राष्ट्र संघको जलवायु विज्ञहरूको प्यानल आईपीसीसीका अनुसार हाल विश्वमा हुने मृत्युमध्ये करिब ७० प्रतिशत रोगका कारण हुने गरेको छ । ग्लोबल वार्मिंगले यो तस्विरलाई अझ डरलाग्दो बनाउनेछ। विश्वका धेरै जसो भागले पछिल्ला पचास वर्षमा धेरै पटक खडेरीको अनुभव गरेका छन्। खडेरीले खाद्यान्नसँगै खानेपानीको संकट सिर्जना गरेको छ । सन् २०२० मा नै विश्वमा खाद्यान्न अभावबाट पीडित हुनेको संख्या १० करोडले बढेको छ । अर्कातर्फ सन् २०२० मा विश्वभर वायु प्रदूषणका कारण ३३ लाख मानिसको मृत्यु भएको थसयो । तीमध्ये १२ लाखको मृत्यु प्रत्यक्ष रूपमा जीवाश्म इन्धनबाट हुने उत्सर्जनका कारण भएको थियो ।
यो ल्यान्सेट काउन्टडाउनको रिपोर्ट हो । वैज्ञानिकहरूले चेतावनी दिएका छन् कि गर्मी बढ्दै गएको संसारमा रोगहरू धेरै टाढा – टाढा सम्म फैलिनेछन् । उदाहरणका लागि लामखुट्टे युरोप, रुस र क्यानाडाको चिसोमा पनि फेला पर्न थालेका छन्। पछिल्ला ५० वर्षमा डेंगुका बिरामी १२ प्रतिशतले बढेका छन् । अफ्रिकाका केही देशमा अहिले १४ प्रतिशत बढी मलेरियाका घटनाहरू रिपोर्ट गरिएका छन् ।
जलवायु परिवर्तन यही गतिमा भैरहयो भने सन् २१०० सम्ममा फोक्सोको क्यान्सरले मृत्यु हुनेहरुको संख्या बेहिसाब हुने अनुसन्धानकर्ताहरूले बताएका छन् । क्लाइमेट इम्प्याक्ट ल्याबकी हाना हेस भन्छिन् – यदि यी अनुमानहरूमा विश्वास गर्ने हो भने २१०० सम्म बंगलादेशको राजधानी ढाकामा जलवायु परिवर्तनले क्यान्सर भन्दा दोब्बर मानिसको ज्यान लिनेछ । एएफपी

प्रतिक्रिया