कोरोनाको नक्कली रिपोर्ट भरतपुर अस्पतालको नाममा

नेपालखोज २०७९ चैत २८ गते १२:०९

काठमाडौं । लेटरप्याड र डिजिटल हस्ताक्षर दुरुपयोग गरी भरतपुर अस्पतालको नाममा नक्कली कोरोना रिपोर्ट बनाएको पाइएको छ ।

अस्पतालको लेटर हेड र डिजिटल सिग्नेचर दुरुपयोग गरेर पीसीआर परीक्षणको नक्कली रिपोर्ट तयार पारिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गरी जानकारी दिएका हुन् ।

विज्ञप्तिमा उल्लेख गरिए अनुसार अस्पतालमा गत माघ १३ गतेदेखि नै कोरोनाको पीसीआर परीक्षण रोकिएको छ । एन्टिजेन परीक्षण भने जारी रहेको छ ।

एसईई र क्याम्पसस्तरको परीक्षा दिने विद्यार्थीहरूले नक्कली पीसीआर रिपोर्ट बनाएको पाइएकाले सम्बन्धित सबैलाई सचेत रहन अस्पतालले अनुरोध गरेको छ।

प्रतिक्रिया