सरकारले आयातित तरकारीको विषादी परीक्षण गर्ने

नेपालखोज २०७९ चैत २८ गते १८:१८

काठमाडौं । सरकारले विदेशबाट आयात गरेको तरकारीमा विषादी परीक्षण गर्ने भएको छ ।

आज बसेको मन्त्रीपरिषदको बैठकले मूलुकबाहिरबाट आयात हुने तरकारीको विषादी परीक्षण गर्ने निर्णय गरेको हो ।

‘सरकारले बाहिरबाट ल्याएको तरकारीमा विषादी परीक्षण नगर्ने निर्णय गरेको भन्ने समाचारहरु सत्य थिएन,’ एक मन्त्रीले भने,‘आयातित तरकारीमा विषादी परीक्षण गर्ने सरकारले निर्णय गरेको छ ।’

प्रतिक्रिया