आइतबार, वैशाख १६, २०८१

अमृत समान आमाको दूध

नेपालखोज २०८० साउन ३ गते ६:५५

प्रकृतिले प्राणीलाई जीवन र जीवन बचाई राख्ने प्राणवायु तथा अनेकौँ प्रकारका खाद्यपदार्थहरू पनि निःशुल्क दिएको छ । तर भर्खर जन्मेको शिशुले प्रकृतिका कुनै पनि वस्तुहरू खान र पचाउन नसक्ने अवस्थामा हुने हुनाले, प्रकृतिले खाद्यवस्तुहरूको सारतत्त्व र उपयुक्त खाद्यवस्तु आमाको स्तनबाट दिएको हुन्छ ।

आमाको दुध शिशुको विकासात्मक आवश्यकता अनुरुप हुन्छ  । जति मात्रामा शिशुलाई प्रोटिन, भिटामिन, तथा खनिजकोेआवश्यकता हुन्छ, त्यत्ति नै मात्रा आमाको दुधमा रहेको हुन्छ  ।

शिशु जन्मनासाथ प्रकृतिमा भएका रोगहरू तथा गर्भको भन्दा फरक वातावरणमा समायोजन हुने शक्ति बिगौती दुधमा हुन्छ । शिशुको पेटको आकार बढेसँगै आमाको दुधको मात्रा पनि बढ्दै जान्छ । जब शिशु विस्तारै अन्य खानाहरू खान र पचाउन सक्ने अवस्थामा पुग्छ, आमाको दुध पनि घट्दै जाने हुन्छ । त्यसैले आमाको दुध शिशुको लागि प्रकृतिको उपयुक्त योजना र अमूल्य उपहार हो । आमाको दुध जस्तो खाना कुनै पनि मूल्यमा कहीँ पनि किन्न पाईदैन । आमाको दुध अमृत समान हो ।

आमाको दुधको विशेषता

-आमाको दुधमा रोगहरूसँग लड्ने, इम्युनोग्लोव्युलिन ९ष्mmगलयनयिदष्ल० जस्ता सबै पोषक तत्त्वहरू सन्तुलित मात्रामा पाइन्छ, जुन अन्य कुनै पनि दुधमा पाइँदैन ।
-आमाको दुधमा शिशुलाई पुग्ने सम्पूर्ण पौष्टिक तत्त्वहरू तथा पानीको मात्रा समेत रहेको हुन्छ ।
-आमाको दुध सुरक्षित हुन्छ र यसमा रोगका कीटाणुहरूले आक्रमण गर्न पाउँदैन किनकि यो आमाको स्तनबाट सधैँ शिशुको मुखमा जान्छ ।
– शिशुलाई भोक लागेको आमालाई महसुस हुनासाथै आमाको दुधमा रहेको अक्सिटोसिन हर्मोन निस्केर आमाको दुध आफैँ बग्न थाल्छ ।

– स्तनपानले शिशु काखमा बस्न र रमाउन पाउने हुनाले, आमा र शिशुबिच बलियो सम्बन्ध स्थापित हुन्छ । स्तनपानले शिशुको बौद्धिक विकासमा सहयोग गर्छ ।
– आमाको दुध धेरै र थोरै निस्कनुमा सुत्केरी स्याहारले असर गर्छ । आमाको सकारात्मक सोच, पोषण र आरामले गर्दा दुध प्रशस्त बन्छ ।

युनिसेफ नेपाल

प्रतिक्रिया