शनिबार, वैशाख १५, २०८१

प्रा. उपाध्यायको निबन्धकृति ‘समय र जीवन’ लोकार्पित

नेपालखोज २०७९ चैत २८ गते २०:५७

काठमाडौं । साहित्यकार एवं नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव प्रा. जगत् उपाध्याय ‘प्रेक्षित’ को नवीनतम् निबन्धकृति ‘समय र जीवन’ आज लोकार्पित भएको छ ।

मध्यपश्चिमाञ्चल साहित्य परिषद्ले आज आयोजना गरेको पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपतिद्वय वैरागी काइँला र गङ्गाप्रसाद उप्रेती, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्रा. शिवरहरि मरहठ्ठा, नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति डा. जगमान गुरुङ, भाषा आयोगका सदस्य उषा हमाललगायतको उपस्थितिमा पुस्तक लोकार्पण गरियो ।

कार्यक्रमका वक्ताले ‘समय र जीवन’ निबन्धले समय, समाज, जीवनका विविध पक्षलाई मसिनो गरी केलाएर रोचक एवं तार्किकरुपमा प्रस्तुत गरेको बताए। कृतिमाथि डा. नारायण चालिसे र डा. विन्दु शर्माले समीक्षात्मक मन्तव्य व्यक्त गरेका थिए । विगत लामो समयदेखि लेखिएका र खासगरी कोभिड महामारीका समयमा नाकाबन्दीकै समयमा लेखिएका निबन्धलाई समेटेर उपाध्यायले सो कृति प्रकाशन गरेका हुन् ।

नेपाल संस्कृति विश्वविद्यालयका पूर्वकुलसचिव, दर्शनशास्त्री, कवि र समालोचकको व्यक्तित्वसमेत भएका प्रेक्षितका यो सिर्जनातार्फ नवौँ कृति हो भने पाठ्यक्रम र सम्पादनसम्बन्धी उहाँका तीन दर्जन कृति प्रकाशन भइसकेका छन् ।

प्रतिक्रिया