आर्मीले जावलाखेललाई हरायो

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबले तेस्रो जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार जावलाखेल युथ क्लबलाई ३-१ गोल अन्तरले हराउँदै आर्मीले तेस्रो जित निकालेको हो ।
आर्मीको जितमा जिलेस्पी जंग कार्की, नवयुग श्रेष्ठ र सुदिल राईले एक एक गोल गरे । जावलाखेलका सुनिल खड्काले एक गोल फर्काए ।
खेलको १७ औं मिनेटमा जिलेस्पीले गोल गर्दै आर्मीलाई सुरुआती अग्रता दिलाएका थिए । ५५ औं मिनेटमा नवयुगले गोल गर्दा आर्मी २-० ले अघि रह्यो ।
खेलको ६२ औं मिनेटमा सुनिलले गोल गर्दै जवालाखेललाई २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ८० औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई ३-१ को जित दिलाए ।
जितसँगै आर्मीले ८ खेलमा १२ अंक जोडेको छ । आर्मी पाँचौं स्थानमा उक्लिएको छ । जावलाखेलले ८ खेलमा १४ अंक जोडेको छ ।
जवालाखेल दोस्रो स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया