शुक्रबार, जेठ ४, २०८१

नेप्सेमा उछाल : ९२ अंकले बढ्दा झण्डै दुई अर्बको सेयर किनबेच

नेपालखोज २०७९ चैत २९ गते १५:२६

काठमाडौं । नेप्सेमा उछाल आएको छ । अघिल्लो दिन २७ दशमलव ३१ अंकले बढेको नेप्से आज पुन ९२ दशमलव २२ अंकले बढेर १९ सय ६३ दशमलव ५५ अंकमा चढेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १८ दशमलव २५ अंकले बढेर तीन सय ७३ दशमलव ७१ अंकमा चढेको छ । नेप्सेमा आज दुई सय ६७ वटा कम्पनीहरुको ४७ हजार दुई सय ८५ पटकको कारोबारमा ६१ लाख सात हजार चार सय २५ कित्ता सेयर खरिद बिक्री हुँदा कुल कारोबार रकम एक अर्ब ९७ करोड ६० लाख ७६ हजार सात सय ३२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको कारोबार भएकोमा सबै समुहहरुको सुचक बढेर नेप्से पुरै हरियो देखिएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ६६ दशमलव तीन अंकले बढेर १२ सय ७४ दशमलव ७४ अंकमा पुग्दा बिकास बैंक समुहको सुचक पनि एक सय ९७ दशमलव ८० अंकले बढेर तीन हजार छ सय ४६ दशमलव ७९ अंकमा पुगेको छ ।

जलबिद्युत समुहको सुचक पनि एक सय २० दशमलव २८ अंकले बढेर २५ सय ७२ दशमलव २० अंकमा पुग्दा जीवन बीमा समुहको सुचक पनि चार सय ४२ दशमलव ३३ अंकमा पुगेको छ । निर्जिवन बीमा समुहको सुचक पनि तीन सय ४३ दशमलव २९ अंकले बढेर आठ हजार सात सय २८ दशमलव ४६ अंकमा पुग्दा फाईनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र टे«डिङ समुहहरुको सुचक पनि बढेका छन् ।

नेप्सेमा आज सिद्धार्थ इक्विटी फण्डको प्रतियुनिट सेयर मुल्य १० प्रतिशतले बढेर आठ रुपैंयाँ ८० पैसामा प्रतियुनिट सेयर कारोबार हुँदा एभरेष्ट बैंकको ऋणपत्र २०८६ को प्रतियुनिट सेयर मुल्य एक दशमलव ९९ प्रतिशतले घटेर सात सय ७७ रुपैंयाँ १० पैसा अन्तिम मुल्यमा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी शिवम सिमेन्टको प्रतिकित्ता चार सय १३ रुपैंयाँ अन्तिम मुल्यमा ११ करोड ७१ लाख ३५ हजार तीन सय ४२ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया