सोमबार, वैशाख २९, २०८२

श्रीलङ्कामा वन्यजन्तुको सङ्ख्या निरन्तर बढ्दै : मन्त्रालय

नेपालखोज २०७९ चैत २९ गते १९:४८

कोलम्बो । श्रीलङ्कामा वन्यजन्तुको सङ्ख्यामा निरन्तर वृद्धि भएको छ । सरकारी अधिकारीले यसबाट निम्तिन सक्ने सम्भावित खतरालाई व्यवस्थापन गर्र्नुे बिषय चुनौतीपूर्ण बनेको छ ।

देशको एक अग्रणी अनुसन्धान संस्थानले कृषि-वन्यजन्तु द्वन्द्व व्यवस्थापन एकाइ स्थापना गर्न सिफारिस गरेको कृषि मन्त्रालयले बुधबार जनाएको छ ।

हेक्टर कोब्बेकडुवा कृषि अनुसन्धान तथा तालिम संस्थानले मन्त्रालय मातहत यस्तो एकाइ स्थापना गर्न सिफारिस गरेको थियो ।

जङ्गली जनावरबाट बालीनालीमा हुने क्षति न्यूनीकरणका लागि अपनाउनुपर्ने उपायका बारेमा विश्वविद्यालयका प्राध्यापक, पशु अधिकार संस्थाका सदस्य र अन्य कर्मचारीसँग भएको छलफलपछि कृषिमन्त्री महिन्दा अमरवीरालाई प्रतिवेदन बुझाइएको मन्त्रालयले जनाएको छ ।

वनको हालको घनत्वको तुलनामा श्रीलङ्कामा वन्यजन्तुको सङ्ख्या बढ्दै गएको र जङ्गली जनावरले बालीनालीमा पुर्‍याएको क्षतिको मात्रा वर्षेनी बढ्दै गएको प्रतिवेदनमा उल्लेख छ ।

बाँदर, मयूर, विशाल गिलहरी र जङ्गली बँदेलगरी पाँच प्रजातिका बालीनालीमा क्षति पुर्‍याउने जीवजन्तुको पहिचान गरिएको कृषि मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया