बुधबार, जेठ २९, २०८२

सांसद श्रेष्ठलाई पार्टी निष्काशित गर्ने रास्वपाको निर्णय

नेपालखोज २०७९ चैत २९ गते २०:०५

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निष्काशित गरेको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाइसँग २ करोड मागेको अडियो संबाद सार्वजनिक भएपछि रास्वपाले कारबाही गरेको हो ।

बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै उनको सांसद पद जाने भएको छ ।

मन्त्री बन्न भन्दै कोर टीमको हवला दिदै दुई करोड मागेको अडियो सार्वजनिक भएपछि रास्वपाको अनुशासन समितिले श्रेष्ठसँग स्पष्टीकरण सोधेको थियो । बुधबार केन्द्रीय समितिको बैठकमा समेत उनलाई बोलाएर सोधिएको थियो ।

बैठकमा श्रेष्ठले अडियो आफ्नो होइन भनेको सभापति रविले बताए । उनले अघि भने, ‘पार्टीले गरेको छानबिनमा त्यो अडियो उहाँकै हो, त्यसमा पैसा मागिएको छ । सांसदले त्यसरी माग्नु कारबाहीका लागि यथेष्ट छ ।’

प्रतिक्रिया