‘अडियो सुनेर मलाई कारबाही गर्ने, म डुबेँ भने कोर टिमबारे खोल्छु’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट निष्काशित ढाकाकुमार श्रेष्ठले पार्टी सभापति रवि लामिछानेको पत्रकार सम्मेलनमा उठेका विषयको प्रतिवाद गरेका छन् ।
उनले आफूमाथि भएको कारबाहीलाई प्रक्रियागत गल्ती समेत दाबी गरेका छन् ।
बुधबार पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले भने, ‘उहाँले मेरो अडियो होइन भन्नुभयो । मन्त्री बनाउने पनि कसैले भनेको थिएन भन्नुभयो । तर, म डुबेँ भने ‘कोर टिमुबारे भन्छु भन्नुएको छ । उहाँले कुन मानसिकताले भन्नुभएको हो ।’
लामिछानेका अनुसार कसैले मन्त्री बनाइदिन्छु भनेर सोध्दा श्रेष्ठले त्यस्तो नभनेको बताएका थिए ।
लामिछानेले भने, ‘पार्टीबाट समानुपातिक सदस्य बन्नुभएका ढाकाकुमार श्रेष्ठलाई साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको छ । उहाँले भन्नुभएको कोर टिमका बारेमा केही भन्नुभएन । पहिले मेरो अडियो होइन भन्नुभयो । केन्द्रीय समितिको बैठकमा मेरो अडियो होइन, मिडियाका मान्छे तपाईँलाई थाहा नै छ नि भन्नुभयो ।’
प्रतिक्रिया