एपिएफ हिमालयन शेर्पासँग पराजित

नेपालखोज २०७९ चैत २९ गते २२:२९

काठमाडौं । शहिद स्मारक ए डिभिजन लिगमा विभागिय क्लव एपिएफमाथि हिमालयन शेर्पाले जित निकालेको छ । च्यासल रंगशालामा भएको खेलमा हिमालयन शेर्पाले एपिएफलाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।

हिमालयन शेर्पालाई जित दिलाउन सत्यम शर्माले दुई तथा सुदिप श्रेष्ठ, अबायोमी फाकुने र कप्तान विश्वास श्रेष्ठले एक एक गोल गरे । उता एपिएफका लागि अमान्डो बियुडोम, सनिष श्रेष्ठ र प्रदिप लामाले एक एक गोल गरे ।

एपिएफले पहिलो हाफमा दुई गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै खेलमा बराबरीको अवस्थामा पुर्याएको थियो जुन एपिएफले खेलको अन्तयसम्म कायम राख्न सकेन् । 

च्यासल रंगशालमा भएको खेलको आठौं मिनेटमा एपिएफविरुद्ध हिमालयन शेर्पाले अग्रता बनाएको थियो । उसका लागि सुदिप श्रेष्ठले गोल गरेका हुन् ।

खेलको २४ औं र २८ र्औं मिनेटमा गोल गर्दै हिमालयन शेर्पाले अग्रता ३–० मा पुर्याएको थियो । दुवै गोल सत्यम शर्माले गरेका थिए ।

पहिलो हाफको अतिरिक्त समयमा एपिएफले एक गोल फर्काएको छ । उसका लागि विदेशी खेलाडी अर्मान्ड बियुडोउमले गोल गरे ।

पहिलो हाफमा दुई गोलले पछी परेको अवस्थामा दोस्रो हाफको पहिलो मिनेटमा नै एपिएफका सनिष श्रेष्ठले गोल गर्दै अन्तर ३–२ मा पुर्याएका थिए ।

खेलको ६३ औं मिनेटमा एपिएफले बराबरी गोल गर्दै खेलमा फर्केको थियो । एपिएफका लागि प्रदिप लामाले गोल गरेका थिए ।

मणि कुमार लामाले प्रहार गरेको फ्रिकिकमा क्रसबारमा लाग्दै फर्केको थियो । एपिएफले त्यसपछि एक पछि अर्को  अग्रता बनाउने अवसर बनाएता पनि त्यसमा सफल हुन सकेन् ।

खेलको ७५ औं मिनेटमा मिनेटमा हिमालयन शेर्पाले गोल गर्दै खेलमा पुन अग्रता बनाउन सफल भयो । हिमालयन शेर्पाका लागि आदायोमी फाकुन्लेले गोल गरेका हुन् ।

खेलको ८८ औं मिनेटमा हिकालयन शेर्पाले पेनाल्टीमा गोल गरेको थियो । विश्वास श्रेष्ठले गोल गरेका हुन् ।

जितसँगै हिमालयन शेर्पा ९ अंक बनाउँदै तालिकाको १० औं स्थानमा उक्लिएको छ ।  

प्रतिक्रिया