शुक्रबार, वैशाख १४, २०८१

म्यानचेस्टर सिटीले जित्यो एफए कप फुटबलको उपाधि

नेपालखोज २०८० जेठ २० गते २२:३३

काठमाडौं । म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा म्यानचेस्टर युनाईटेडलाई २-१ गोल अन्तरले हराउँदै सिटीले उपाधि जितेको हो ।

सिटीले सातौं पटक एफए कपको उपाधि जितेको हो । सिटीलाई उपाधि दिलाउन इल्के गुन्डोगानले दुई गोल गरे ।

युनाईटेडका ब्रुनो फर्नान्डेजले एक गोल फर्काए । खेलको पहिलो मिनेटमै गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ३३ औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ५१ औं मिनेटमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २-१ को जित दिलाए ।

सिटीको यो सिजनको दोस्रो उपाधि हो । ट्रेबल उपाधि जित्ने योजनामा रहेको सिटीले यस अघि प्रिमियर लिगको उपाधि जितेको थियो ।

अब सिटीले च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग खेल्नेछ ।

प्रतिक्रिया