सोमबार, वैशाख १५, २०८२

मेष राशिका लागि वर्ष – २०८०

नेपालखोज २०७९ चैत ३० गते ६:००

मेष राशिका लागि यो वर्ष माध्यम रहनेछ । आय आर्जनमा सुधार आउनेछ भने धनार्जनका नयाँ श्रोत खुल्नुका साथै नयाँ अवसरहरु जुटने छन । बृहस्पति र राहुको प्रभावका कारण प्रतिद्वन्दीहरुले सताउन सक्छन् । अपजसको सामना पनि गर्नुपर्ला । घर – परिवारमा माङ्गलिक कार्य सम्पन्न हुनसक्छ । निकटका व्यक्तिहरुबाट भरपूर साथ र सहयोग मिल्नेछ । बृहस्पति र राहुको नकारात्मक प्रभावबाट जोगिने उपाय अवलम्बन गर्नु होला ।

व्यापार – व्यवसाय : व्यवसायिक दृष्टिले वर्ष सामान्य रहनेछ । जग्गाजमिनको काममा विवाद देखा पर्न सक्छ । खेतिकिसानि , पशुपालनका अतिरिक्त इलेक्ट्रोनिक र कपडाको व्यवसायबाट राम्रो आम्दानी गर्न सकिनेछ । वैदेशिक क्षेत्रमा लगानीका लागि समय राम्रो छ । सेयर बजारमा जोड नदिनु होला । असार, असोज, माघ तथा फागुन आर्थिक दृष्टिले बढी सकारात्मक साबित हुनसक्छन ।

प्रेम – सम्बन्ध : नयाँ प्रेम सम्बन्ध स्थापित हुन सक्छ । आफ्नो प्रेम सम्बन्धमा परिवारको समर्थन जुटाउन गारो हुनेछ ।

शिक्षा : शिक्षाको क्षेत्र सफल र फलदायी देखिन्छ । अध्ययनका लागि विदेश यात्राको योग पनि छ । प्राविधिक एवं व्यवस्थापनका विद्यार्थीहरूले रामो सफलता हासिल गर्न सक्छन् ।

पेशा – रोजगारी : नयाँ रोजगारि प्राप्तिको सम्भावना छ । सुरक्षा, शिक्षा, वैदेशिक तथा राजनैतिक क्षेत्रका व्यक्तिहरूले सफलता हात पार्नेछन । आश्विन महिनाबाट वैदेशिक कार्य सफल हुन सक्छ ।

स्वास्थ्य : वर्षको सुरुमा स्वास्थ्यमा केही समस्या देखा पर्न सक्छ भने उत्तरार्धमा स्वास्थ्यमा सुधार आउने तथा पुराना रोग बाट राहत पाइने योग छ । राहुका कारण चोट पटक पनि लाग्नसक्छ । स्वास प्रश्वास र वायु विकार बढ्न सक्ने भएकाले खानपिनमा ध्यान पुर्याउँदै स्वास्थ्यको नियमित ख्याल राख्नुहोला ।

शुभ रङ्ग तथा अङ्क : मेष राशिका लागि सेतो, खैरो, पर्पल तथा पहेँलो रङ्ग शुभ मानिन्छ भने १, ३, ७ र ९ अङ्क शुभ साबित हुन सक्छन् ।

सुझाव : बिहीबार विष्णु भगवानको दर्शन, पूजा आरधना र उपासना गरे शुभ लाभ मिल्नेछ । प्रत्येक बिहीबार विष्णु भगवानको मन्दिरमा पुगेर अन्यथा घरमै दियो बाल्नु तथा असहायहरुलाई सहयोग गर्नुले राम्रो परिणाम दिनेछ । बृहस्पति र राहुको शान्तिका लागि उपाय अपनाउनु होला । पिपल रोप्दा पनि ग्रह पीडा कम हुनेछ । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको स्मरण गर्नु लाभदायक हुन्छ ।

प्रतिक्रिया