मंगलबार, असार १७, २०८२

पहाडी भेगमा वर्षा र तराईका थोरै स्थानमा हावा-हुरीको सम्भावना

नेपालखोज २०८० वैशाख १ गते ५:५७

काठमाडाैं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । अहिले देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको विभागले जनाएकाे छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागको मौसम आंशिक बदली रहनेछ भने, देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा-हुरीको समेत सम्भावना रहेको विभागले जनाएकाे छ ।

त्यस्तै, आज राति देशभर आंशिक बदली रहने विभागले जनाएकाे छ ।

प्रतिक्रिया