सिंह राशिका लागि वर्ष – २०८०

सिंह राशि हुनेहरूले यो वर्ष शुभ फल प्राप्त गर्नेछन् । यश, कृति, लाभ, विजय, वाकसिद्धि तथा आफन्तको सहयोग मिल्नेछ । बृहस्पति र केतुको प्रभावले काममा सफलता हात लाग्नेछ । शनि र राहुका कारण केहि उल्झन, ढिलासुस्ती, काम बिग्रने र चोटपटकको भय पनि रहनेछ । जन्मकुण्डलीमा शनि राम्रो अवस्था भए शुभ फल मिल्ने, विद्या र बुद्धिको विकास हुने तथा चमत्कारी ढङ्गले सफलताहरू पाइने योग छ ।
व्यापार – व्यवसाय : यो वर्ष व्यापार व्यवसायमा सफलता हात लाग्नेछ । शिक्षा, सजावटी सामान , पर्यटन, जग्गा जमिन तथा मोटरगाडीआदिको कामबाट चमत्कारीक लाभ मिल्नेछ । सेयर बजार अन्तर्गत बिमा क्षेत्रबाट राम्रो आम्दानी हुनेछ । अन्य व्यापार व्यवसाय भने सामान्य नै रहनेछ । आर्थिक दृष्टिले जेठ, असार, मंसिर र माघ महिना लाभदायक छन् ।
प्रेम जीवन : प्रेम , मित्रता तथा दाम्पत्य जीवनमा विश्वासको कमी हुनसक्छ त्यसैले पूरा कुरा बुझेर मात्र अघि बढ्नु होला । बोलिमा लगाम लगाउन आवश्यक छ अन्यथा जुनसुकै सम्बन्ध पनि बिग्रन सक्छ । शनि र राहुले नजिकैका व्यक्तिहरूसँग असमझदारी बढाउन सक्छन । शिक्षा : सामाजिक तथा विज्ञान विषयका विद्यार्थीहरूले राम्रो सफलता हात पार्नेछन् । इन्जिनियरिङ स्वास्थ्य तथा शिक्षाका विद्यार्थीहरूले सफलताका लागि बढि मेहनत गर्नु पर्नेछ ।
करियर : यो वर्ष सरुवा – बढुवाको योग छ । नयाँ कार्यको थालनी हुनुका साथै लगानी बाट राम्रो प्रतिफल हात पार्न सकिनेछ । वैदेशिक रोजगारि भने सामान्य नै रहनेछ । पहिरन, सञ्चार, विलासिताका सामान तथा मनोरञ्जन जस्ता पेशामा आवद्ध व्यक्तिहरूले बढी सफलता पाउनेछन् । तरल पदार्थ एवं पर्यटन क्षेत्रको लगानीबाट लाभ लिन गार्हो छ ।
स्वास्थ्य : यो वर्ष स्वास्थ्यमा उतार चढाव देखा पर्न सक्छ । चोटपटकको भय रहनेछ । नयाँ रोग देखा परि अस्पतालको यात्रा गर्नुपर्ला । खानपिनमा सावधानी अपनाउँदै नियमित व्यायाम गर्नु बुद्धिमानी हुनेछ । पेट तथा प्रजननमा पनि सामान्य समस्या सृजना हुन सक्छ ।
शुभ रङ्ग तथा अङ्क : सिंह राशिका लागि गुलाबी, निलो, रातो, पहेँलो तथा खैरो शुभ रङ्ग हो भने १, ३, ५, र ९ शुभ अङ्क हो ।
सुझाव : प्रत्येक शनिबार हनुमान चालीसा पाठ गरि भैरवजीको दर्शन, पूजा तथा उपासना गर्नाले ग्रह पीडा कम हुनुका साथै सुख – समृद्धिमा बृद्धि हुनेछ । असहायहरुलाई खुसी पार्नसके आकस्मिक सफलता हात लाग्नेछन ।
आफ्नो जन्मवारका दिन शाकाहारी भोजन गर्नु लाभदायक हुन्छ । रोगीहरूको उपकारले पनि सफलता दिलाउनेछ । सत्कर्ममा रहदै सत्य बोल्नुले पनि ग्रह पीडा कम गराउनेछ भने भाग्य वृद्धि समेत हुनेछ ।
प्रतिक्रिया