शनिबार, वैशाख २२, २०८१

केवल साढे पाँच वर्षमा पाँच लाख नेक्सन विक्री

नेपालखोज २०८० वैशाख १ गते १४:१३

काठमाडौं । टाटा मोटरसले भारतीय बजारमा पाँच लाख वटा नेक्सन विक्री वितरण सफल भएको छ । कम्पनीको पुनास्थित रंजनगाव म्यानुफ्याक्चरिंग युनिटमा निर्मित यस गाडी सन् २०१७ बाट बजारमा ल्याइएको थियो। साढे पाँच वर्षको छोटो अवधिमै यसले उक्त सफलता हासिल गरेको हो । अझ उल्लेखनीय पक्ष भनेको पाँच लाख मध्ये पछिका एक लाख केवल सात महिनामा विक्री भएको थियो ।

हालका वर्षहरुमा नेक्सन कम्पनीको निरन्तर बजारले रुचाएको मोडेल रुपमा स्थापित भएको छ । सन् २०२० मा “फेसलिफ्ट“ को आगमनपछि यसको वजार विस्तारले झन् तिब्र ढंगले अगाडि बढेको पाइन्छ । नेक्सन १२०० सय सिसिको रेभोट्रन पेट्रोल इन्जिन र १५०० सिसिको रेभोटर्क डिजेल इन्जिन उपल्क्ब्ध छ । पहिलो प्रकारमा १२० हर्सपावर एवं १७० एनएमको “पिक टर्क“को क्षमता छ भने दोस्रो प्रकारमा १२० हर्सपावरको शक्ति एवं १७० एनएमको “पिक टर्क“को क्षमता छ । दुवैमा म्यानुएल ट्रान्समिसन स्ट्यानडर्डकोरुपमा र सिक्स स्पिड एटिएमको रुपमा रहेको छ ।

नेक्सन एसयुभीले मारुती सुजुकी ब्रेज्जा, ह्युनडाइ भेनु , किया सोनेट, महिन्द्रा एक्सयुभी ३०० , निसान म्याग्नाइट र रेनल्ट किगरसँग सशक्त ढंगले प्रतिस्पर्धा गरिरहेको छ। यसमा टचस्क्रिन सिस्टम, सेमी–डिजिटल इन्स्ट्रुमेन्ट कन्सल, थ्री–स्पोक फ्ल्याट–बटम स्टिरिंग व्हिल, स्वचालित क्लाइमेट कन्ट्रोल , क्रुज कन्ट्रोल जस्ता विशेषताहरु छन् ।

सर्वोत्कृष्ट सुरक्षाको लागि नेक्सनले ग्लोबल एनसीएपीद्वारा पाँच–तारे गाडीको मान्यता प्राप्त गरेको छ । यस गाडीले बजारमा अग्रगति लिनुको पछाडि यो एक प्रमुख कारण हो । नेक्सनको विद्धुतीय संस्करणले पनि बजारमा अग्रस्थानमा रहेको छ ।

नेक्सन इभी हाल भारतको सबैभन्दा बढी विक्री भइरहेको बिद्युतीय गाडीको हो । टाटाको यस वर्षको अन्त्यसम्म नेक्सनको अझ परिष्कृत र परिमार्जित स्वरुप बजारमा ल्याउने योजना छ । यो नँया स्वरुप अटो एक्पो २०२३ मा प्रदर्शन गरिएको “कर्भ अवधारणा“मा आधारित छ । १२०० सिसिको टर्बो पेट्रोल इन्जिन भएको यो गाडीको शक्ति १२५ हर्सपावर बराबर हुनेछ ।

प्रतिक्रिया