तुला राशिका लागि वर्ष – २०८०

वर्ष २०८० साल तुला राशिका व्यक्तिहरूका लागि राम्रो रहनेछ । यो वर्ष शुभ र मङ्गल कार्यको योग छ । देवगुरु बृहस्पति र राहुको गोचरले राम्रो फल दिनेछ भने आँटेको कार्य पूरा हुनेछ । नयाँ कार्यको थालनी हुने, जागिर पाइने जस्तो योग पनि छ । केतुको नकारात्मक प्रभावले वादविवाद, डर र चिन्ता बढन पनि सक्छ । यदि जन्म कुण्डलीमा शुभ ग्रहको अवस्था र ग्रहदशा राम्रो छ भने शुभ फल पाइनेछ ।
व्यापार – व्यवसाय : यो वर्ष तुला राशिका मानिसहरूले व्यापार – व्यवसायबाट लाभ लिन सक्नेछन् । नयाँ ठाउँमा लगानीको अवसर मिल्नेछ । स्वास्थ्य, प्राविधिक तथा पहिरनको क्षेत्रमा गरिएको लगानी फस्टाउनेछ । सेयर लगानिमा बिमा क्षेत्र बढी अनुकुल रहला । शनि र केतुका कारणले शत्रु बढ्ने, मनमा डर र भय भने बढाउनेछ । यदि जन्म कुण्डलीमा शनि ग्रह स्वगृही वा उच्च छ भने शनिको कृपाले निर्माण, धातु, मेसिनरी, इलेक्ट्रोनिक तथा टेक्नोलोजिको क्षेत्रबाट शुभ फल मिल्नेछ । आर्थिक दृष्टिले वैशाख, साउन, भाद्र र चैत्र महिना शुभ रहनेछन ।
प्रेम जीवन : नयाँ सम्बन्ध जोडिन सक्छ । प्रेम र मित्रताको बन्धन अझ कसिलो हुनेछ । व्यापारिक र अन्य सम्बन्ध यथावत रहनेछ । पुराना प्रेम सम्बन्ध विवाहमा परिणत हुन सक्छ । आफ्नो जन्मकुण्डलीमा सप्तम भावको अवस्था कमजोर भए शुभ फल प्राप्तगर्न गारो हुनेछ । कात्तिक पछि भने पुरानो तथा नयाँ सम्बन्धमा मनमुटाव सृजना हुन सक्छ ।
शिक्षा : अध्ययन – अध्यापन सामान्य नै रहनेछ । मेहनत गरे अनुसार विद्या र बुद्धिको विकास नहुन सक्छ । विदेशिएका विद्यार्थीहरूले भने स्वदेशको तुलनामा बढी सफलता हासिल गर्नेछन् । भाषा, प्राविधिक, विज्ञान तथा स्वास्थ्य क्षेत्रका शिक्षार्थीहरूका लागि बढि अनुकुल समय छ ।
करियर : यो वर्ष नयाँ रोजगारि पाइने तथा सरुवा – बढुवाको योग छ । सरकारी पद र ठूला सङ्घ संस्थामा आवद्ध हुन सकिनेछ । रोकिएका कामहरू सहजै अघि बढ्नेछ । शनि कमजोर भएकाले वादविवादमा नपर्नु नै उपयुक्त हुन्छ । अन्यथा खर्च बढ्ने, दुख पाइने र अपजस खेप्नु पर्ने हुनसक्छ भने बिरोधिहरु पनि बढ्ने छन् ।
स्वास्थ्य : यो वर्ष सामान्य नै रहनेछ । कुनै कुराले मानसिक चिन्ता र समस्या बढाउन सक्छ । प्रजनन समस्या र टाउकाको पीडाले सताउनेछ । रक्त सञ्चारको समस्या पनि बढ्न सक्छ त्यसैले स्वास्थमा विशेष ध्यान दिनु होला । कात्तिक महिना देखि स्वास्थ्यमा सुधार आउनेछ ।
शुभ रङ्ग तथा अङ्क : तुला राशिका लागि सेतो, रातो, निलो, खैरो र गुलाबी रङ्ग शुभ मानिएको छ भने २, ३, ६, र ७ अङ्क शुभ अङ्क हो ।
सुझाव : मंगलबार गणेश भगवानको व्रत, दर्शन तथा पूजा गर्ने, रोगी तथा अपाङ्गहरूलाई सहयोग गर्ने । शनि र केतु ग्रहको जप, पाठ – पूजा र हवन गराउँदा ग्रह पीडा कम हुनेछ भने सफलताको सम्भावना बढनेछ । सत्कर्म गर्नेहरूलाई नवग्रहको कृपा सदैव कायम रहन्छ ।
प्रतिक्रिया