कर्णालीमा प्राङ्गारिक मलको प्रयोग, उत्पादन बढ्दो

जितेन्द्र थापा २०८० वैशाख २ गते ९:००
जितेन्द्र थापा

दैलेखको गुराँस गाउँपालिका ३ दम्मारका ६३ वर्षिय अगुवा कृषक शिवध्वज शाहीलाई प्राङ्गारिक मलको बारेमा थाहै थिएन। त्यसमाथि व्यवसायिक कृषि गर्दै आएको १२ वर्ष पुगिसक्यो। सुरुवात देखि १२ वर्ष पुग्दा समेत उनले रासायनिक मलको प्रयोग गर्दै आए। व्यवसायिक कृषि खेतिमा जमेका उनलाई रासायनिक मलको प्रयोग नगरेमा उत्पादन घट्छ भन्ने भ्रम मनमा पालेर बसेका थिए। सोसेक नेपालद्वारा गुराँस गाउँपालिकामा संचालित ग्रिन परियोजना लागु भएपश्चात् भने त्यो भ्रम हटेको उनी बताउछन् । ‘व्यवसायिक कृषि खेती गर्दै आएको यतिका वर्ष भयो,’उनले भने, ‘मलाई त लाग्थ्यो रासायनिक मल नभए बालीनाली सप्रिदैन भन्ने लाग्थ्यो। तर, त्यो मेरो हाम्रो गलत सोच रहेछ। आफ्ने वनजङ्गलका झारपात कुहाएर, मलमुत्रबाट बनाइएको प्राङ्गारिक मल पो रहेछ रासायनिक मल भन्दा पनि धेरै उत्पादन दिने मल।’

जलवायु परिर्वतनको अन्त्य गर्नका लागि सोसेक नेपालद्वारा संचालित ग्रिन कर्णाली परियोजना लागु भए पस्चात् आफुहरू छर्लङ्ग भएको कृषकहरूको भनाई छ। रासायनिक मल प्रयोग गरेन भने कृषि बाली फस्टाउदैन भन्ने सोच पालेर बसेका यहाँको कृषकको सोच परिर्वतन भएको छ।  पहिले कृषि गर्दा उनी सधैँ रासायनिक मल प्रयोग गर्नुहुन्थ्यो। तर, अहिले उनको सोच परिर्वतन भएको छ। सोसेक नेपालद्वारा गुराँस गाउँपालिका ३ मा संचालित ग्रिन परियोजना लागु भएपछि उनको सोच परिर्वतन भएको छ।

त्यस्तै गुराँस गाउँपालिका ३ छर्सिका ३३ वर्षिया सम्झना शाहीलाई पनि कृषि व्यवसायि गर्नका लागि रासायनिक मल नै उपयुक्त लाग्थ्यो। रासायनिक मल प्रायोग नगरेमा कसरी पो कृषिा खेती सप्रिएला झै लाग्थ्यो उनलाई। ग्रिन कर्णाली परियोजनाबाट तालिम र प्रायोग हुने सामग्रि पाएपछि उनको पनि सोच बदलिएको छ। ग्रिन कर्णाली परियोजना लागु भएपछि पहिले भन्दा अहिले आफुहरूका बारी पनि परिर्वतन भएको उनले बताइन्। पहिले रासायनिक मल प्रायोग नगर्दा उत्पादन कम हुने चिन्ता हुन्थ्यो त्यसैले पनि रासायनिक मल प्रायोग गथ्यौँ,’उनले भनिन्, ‘तर,अहिले आएर थाह भयो यो गलत रहेछ। रासायनिक मलले गर्दा माटोलाई पनि असर र मान्छेलाई पनि असर गर्दो रहेछ। अन्य विधिबाट यहाँभन्दा धेरै उत्पादन बढाउन सकिने रहेछ। त्यो प्राङ्गारिक मल, झोल मलले गर्दा उत्पादन बढ्ने रहेछ।’

गुराँस गाउँपालिका ३ सेरिपात्लाका अम्मर सारु मगर पनि शिवध्वज र सम्झना जस्तै रासायनिक मल प्रयोग गर्दै उत्पादन बढ्छ भन्ने सोच पालेर बसेका थिए। उनी पनि कुराँस गाउँपालिकाको अगुवा कृषक हो। उमेरले ४७ वर्ष पुगेका उनी कृषि क्षेत्रमा जम्नु भएको मेहनती कृषक मानिन्छन्। पहिले आफ्नो बारीमा उत्पादन भएका तरकारी गुराँसे, रातानाङला, हुँदै सुर्खेतसम्म पुर्‍याउथे। उनलाई पनि रासायनिक मलको प्रयोग नगर्दा उत्पादन घट्छ भन्ने लाग्थ्यो। तर, पछिल्लो समय उहाँको त्यो सोच पुर्ण रुपमा परिर्वतन भएको उनी बताउछन् ‘पहिले रासायनिक मल प्रयोग नगर्दा उत्पादन घट्छ की भन्ने थियो,’उनले भने, ‘ग्रिन कर्णालीमा आवद्ध भएदेखि हामीले उत्पादन गर्ने सामग्री पनि पाएकाछौँ सँगै सीप पनि पाएका छौँ। अहिले हामीले त्यही सामग्री र सिकेको सीपबाट प्राङ्गारिक र झोल मल १, २, ३  को प्रायोग गरेर पहिले रासायनिक मल प्रयोग गरेको भन्दा डबल उत्पादन गर्न सफल भएका छौँ।’

जलवायु परिर्वतनको अन्त्य र प्राङ्गारिक मलको प्रयोगबाट उत्पादन बढाउने उद्धेश्यले सोसेक नेपालद्वारा गुराँस गाउँपालिकामा संचालित ग्रिन कर्णाली परियोजनाको सहयोगबाट गुराँस गाउँपालिका ३ मा हरियाली कृषि तथा फलफुल उत्पादन कृषि समुह रहेको छ। जस्मा २२ सदस्य रहनुभएको छ। गुराँस गाउँपालिकामा मात्र यस्ता  समुहहरू १२ वटा रहेका छन्। १२ वटा समुहहरूले अहिले विभिन्न तरकारी आलु, बन्दा, काउली टमाटर,  सिमी, खुर्सानी,लगायतका तरकारी बाली लगाउनुभएको ग्रिन कर्णाली परियोजनाका कृषि प्राबिधिक विष्णु थापा मगरले बताए ।

अहिले जलवायु परिर्वतनको असर परेको छ। रासायनिक मलको प्रयोगबाट उत्पादित वस्तुको प्रायोगले मानिसहरूको स्वास्थ्यमा असर गरेको छ। रासायनिक मल प्रायोग नगर्ने। प्लाष्टिकजन्य वस्तु नजलाउने। प्राङ्गारिक मलको प्रयोग गरेर जलवायु परिर्वतनको अन्त्य गर्नका लागि उक्त परियोजनाा लागु भएको ग्रिन कर्णाली परियोजना कृषि प्राविधिक विष्णु थापामगरले बताए ।

उनका अनुसार अहिले प्राङ्गारिक मलले रासायनिकको भन्दा उत्पादन बढेको छ। जलवायु परिर्वनका कारण पहिले परस्त मात्रमा पाउने रासायनिक मलको प्रयोग गर्न त्यही जलवायु परिर्वतको असर कम गर्नका लागि यो परियोजना कर्णाली र सुदुरपश्चिम प्रदेशका केही पालिकामा लागु भएको छ। गुराँस गाउँपालिकामा वडा नम्बर १, २, र ३ गरि १२ वटा समुह रहेका छन्। अछामको तुर्माखाँद गाउँपालिका १ मा ३ वटा समुह रहेका छन्। त्यस्तै दुल्लु नगरपालिका १, २, ३, ४, र ९ नम्बर वडामा यो परियोजना लागु भएको सोसेक नेपालद्धरा संचालित ग्रिन कर्णाली परियोजना संयोजक रञ्जु बिसीले बताइन् ।

बढ्यो आम्दानी

ग्रिन कर्णाली परियोजना लागु भएसँगै कृषकहरूले मनग्य आम्दानी गर्न थालेका छन्। मौसमी तथा बेमौसमी प्राङ्गारिक तरकारी खेति गत्पादन,  रोग किरा व्यवस्थापन, जैविक बिषाधी तथा प्रयावरणीय कृषि जलवायु परिर्वतन र जोखिम न्युनिकरण, अर्गानिक उत्पादन भएका ताजा तरकारी सेवनले स्वस्थ रहौँ भन्ने उद्धेश्यले संचालन भएको थियो। उक्त परियोजना लागु भएपछि कृषकको जीवन स्तरमा पनि परिर्वतन आएको छ।  पहिले रासायनिक मलको प्रयोग गर्दै आएका कृषक अहिले धमाधम प्राङ्गारिक मल उत्पादन गर्दै माटो र स्वास्थ्य दुबै स्वस्थ राख्ने उद्धेश्य सहित व्यवसायिक कृषिमा होमिएको ग्रिन कर्णाली परियोजना संयोजक रञ्जु बिसी बताउछिन्। डिसिय नेपालको आर्थिक सहयोग, सोसेक नेपालद्वारा संचालित ग्रिन कर्णाली परियोजना लागु भएपश्चात् कृषकहरूले मनग्य आम्दानी गर्न थाल्नु भएको छ,’उनले भनिन्, ‘अहिले यो परियोजनासँग आबद्ध कृषकहरूले मौसमी तथा बेमौसमी तरकारीबाट मासिक १ लाखसम्म आम्दानी गर्नुहुन्छ।’

गुराँस गाउँपालिकामा उत्पादन छ तर बजारको समस्या रहेको छ। अबको केही समयपछि कृषकले उत्पादन  गरेको उत्पादित बस्तु बजारसम्म पुर्‍याउनका लागि पनि कार्यक्रम रहेको बिसीले बताइन्। उनले भनिन्, ‘गुराँस गाउँपालिकामा भर्खर मात्र परियेजना लागु भएकाले बजारको समस्या छ। तर, पनि यहाँका कृषकले मासिक ५० हजार आम्दानी गर्दै आउनुभएको छ। बजारको समस्या केही समयपछि समाधान हुन्छ। बजारको काम पनि परियोजनाले गर्छ।’

सोसेक नेपालले ग्रामिण भेगमा पछि परेका समुदाय होस वा कृषि गर्ने इच्छा भएका कृषकलाई कृषिमा जोड्ने देखि सिप विकासका तालिमसम्म काम गर्दै आएको यहाँका स्थानीय सरोकारवाला बताउछन्। सोसेक नेपालका परियोजना पालिकामा लागु भएपश्चात् राम्रा गतिविधि गर्दे गएको गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर बिसि बताउछन्। हाम्रो पालिकामा शिक्षा, कृषि लगायतका क्षेत्रमा सोसेकको महत्वपुर्ण भुमिका रहेको छ,’उनी भन्छन्, ‘अहिले ग्रिन कर्णाली लागु भएको छ। गुराँस गाउँपालिका १,२,३ का नागरिक प्रायजसो काम खोज्ने भारत जानुहुन्छ। उहाँहरूलाई यहि व्यवसायिक बनाउनको लागि ग्रिन कर्णाली परियोजना कार्यक्रम लाभदायिक हुने विश्वास छ।’ यहाँ कृषकले उत्पादन गरेका बस्तुहरूको बजारिकरणमा समस्या रहेकाले बजारको समस्या हुन नदिन यहि विक्रि केन्द्र बनाउने योजनामा छौँ। र कृषकले उत्पादन गरेका बस्तुहरू आगामी दिनमा पालिकाले नै खरिद गरेर बजारिकरणमा सहयोग गर्ने योजना छ।’

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

प्रतिक्रिया