महालेखाले देखायो, बीमा प्राधिकरणको कार्यमा कैफियत

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले नेपाल बीमा प्राधिकरणको कार्यमा कैफियत देखाएको छ । महालेखाले पछिल्लो पटक सार्वजनिक गरेको ६० औं बार्षिक प्रतिवेदन अनुसार प्राधिकरणको कार्यमा कैफियत देखिएको हो ।
महोखाका अनुसार बीमा ऐन, २०४९ को दफा ११ अनुसार बीमा कम्पनीहरुले वित्तीय विवरण, लेखापरीक्षण प्रतिवेदन, बीमांकी प्रतिवेदन पेस गरी प्रत्येक बर्ष व्यवसाय नविकण गर्नुपर्ने व्यवस्था रहेको छ । सो नगरेमा इजाजत नं रद्ध गर्न सकिने व्यवस्था रहेको छ ।

तर बिदेशमा मुख्य कार्यालय रहेको दुई वटा बिदेशी बीमा कम्पनीहरुले नेपालमा दर्ता भई व्यवसाय गरेपनि ऐनमा भएको व्यवस्था अनुसारको कागजात नैं पेस नगरी नवीकरण गराएका छन् । यस विषयमा महालेखाले भनेको छ, लेखापरीक्षण प्रतिवेदन, बीमांकीको प्रतिवेदन लिएर नवीकरण गर्नै एवं कारोबारको अनुगमन गर्नुपर्दछ ।
यसैगरी राष्ट्रिय बीमा संस्थान र राष्ट्रिय बीमा कम्पनीले बिगत सात बर्ष देखि लेखापरीक्षण गराएका छैंनन । पटक–पटक अर्थमन्त्रालय, बीमा प्राधिकणका पदाधिकारीहरु लगायतको सहभागितामा बैठक आयोजना गरिएकोमा यो अवधिसम्ममा पनि उक्त बर्षहरुको लेखापरिक्षण हुन सकेको छैन ।
बिगतमा प्राधिकरणको ध्यानाकर्षण गराई लिखित पत्राचार समेत गरिएकोमा हालसम्म कुनै कारवाही भएको छैन, महालेखाले भनेको छ ।

प्रतिक्रिया