आज तीनवटा प्रदेशमा वर्षाको सम्भावना

नेपालखोज २०८० वैशाख ३ गते ६:२९

काठमाडौँ । आज तीनवटा प्रदेशमा वर्षाको सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागको मौसम आंशिक बदली रहनेछ ।

कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। साथै देशका तराई भू–भागका थोरै स्थानहरूमा हावाहुरीको छिटपुट वर्षाको समेत सम्भावना रहेको छ ।

प्रतिक्रिया