मंगलबार, जेठ २८, २०८२

आज मन्त्रिपरिषद् विस्तार हुँदै

नेपालखोज २०८० वैशाख ३ गते ९:१८

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । नयाँ मन्त्रीहरुको शपथ अपराह्न तीन बजे तोकिएको छ । योसहित प्रचण्ड सरकार आठौंपटक विस्तार हुदैँछ ।

परराष्ट्र मन्त्रीको रुपमा नेपाली कांग्रेसका एनपी साउदले शपथ ग्रहण गर्ने निश्चित भएको छ । अन्य मन्त्रीहरुको भने टुंगो नलागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

गत पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले १७ चैतमा सातौं पटक मन्त्रिपरिषद विस्तार गरेका थिए । त्यतिबेला ५ वटा मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैं सम्हालेका थिए ।

आज साउद परराष्ट्रमन्त्री बनेपछि पनि सरकार अझै अपुरो हुनेछ । प्रधानमन्त्री प्रचण्डसँग अझै चार मन्त्रालय बाँकी रहनेछन् ।

प्रतिक्रिया