रविले जिते फेरि उपचुनाव हुनसक्ने एमाले सचिव भट्टराईको आशंका
नेपालखोज
२०८० वैशाख ३ गते ११:५१

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले चितवन २ मा फेरि उपचुनाव हुनसक्ने आशंका गरेका छन् ।
चुनाव प्रचारका लागि चितवन पुगेका एमाले सचिव भट्टराईले रास्वपाका सभापति लामिछानेले देशको कानून उल्लंघन गर्दा चितवन २ मा उपचुनाव गर्नुपरेको बताए ।
प्रेस चौतारी नेपालले भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘गत ४ मंसिरको परीणाम दोहोरिए, फेरि पनि उपचुनाव हुन सक्छ। यहाँका जनतालाई दुःख दिने काम गर्नु हुँदैन।’ उपनिर्वाचनमा रवि पुनः उम्मेदवार बनेको सन्दर्भमा भट्टराईले यस्तो बताएका हुन्।
पाँच महिनाअघि भएको संसदीय निर्वाचनमा सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विजयी भएका थिए । तर उनी नागरिकता सम्बन्धी विवादमा पदमुक्त भएपछि यही वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।
सम्बन्धित
प्रतिक्रिया