शुक्रबार, वैशाख २८, २०८१

बलिउडका महंगा गीत

नेपालखोज २०८० वैशाख ३ गते १४:३२

काठमाडाैं । भारतीय चलचित्र गीत बिना अधुरा हुन्छन् । बलिउडमा गित निर्माणमा पनि निकै खर्च गरिन्छ । आज हामी बलिउडका ति फिल्मका गीतका बारेमा बताउँदैछौंऽ जसका लागि निर्माताहरूले पानी बगाए जसरि पैसा बगाएका छन् ।

चलचित्र ‘कलंक’ को ‘घर मोर परदेसिया’ गीतलाई धैरै दर्शकले रुचाएका छन् । मानिसहरुले यो गीतमा आलिया भट्टलाई पहिलो पटक क्लासिकल डान्स गरेको देखे । य‍ो गीतमा माधुरी दीक्षित पनि छिन् । यो गीतको बजेट ११ करोड रुपैयाँ थियो ।

आमिर खान र कट्रिना कैफको फिल्म ‘धूम ३’ को ‘मलंग’ गीत हिट भएको थियो । यो गीतको छायांकनमा निर्माताले करिब ८ करोड रुपैयाँ खर्च गरेका थिए । उक्त गीतका लागि २०० भन्दा बढी व्यावसायिक जिमनास्ट प्रयोग गरिएका थिए ।

ऐश्वर्या राय बच्चन र रजनीकान्तको फिल्म ‘रोबोट’ को गीत ‘किलिमन्जारो’ पेरुको माचु पिचुमा सुटिङ गरिएको थियो । फिल्मको यो गीत छायांकन गर्न निर्माताले साढे ६ करोड रुपैयाँ खर्च गर्नुपरेको थियो । यो गीतले निकै चर्चा पनि पायो ।

सन् २०१८ मा रिलिज भएको फिल्म ‘पद्मावत’को ‘घुमर घूमर’ गीतमा सञ्जय लीला भन्सालीले कुनै कसर बाँकी राखेनन् । यसका लागि ग्रान्ड सेटका साथसाथै दीपिकादेखि लिएर ब्याकग्राउन्ड डान्सरसँग सम्बन्धित हरेक विवरणको ख्याल राखिएको थियो । यो गीतको छायांकनका लागि निर्माण पक्षले करिब साढे ६ करोड रुपैयाँ खर्च गरेको थियो ।

अक्षय कुमार तथा सोनाक्षी सिन्हा स्टारर फिल्म ‘बोस’ को ‘पार्टी अल नाइट’ गीतको बजेट साढे ९ करोड थियो । यो यो हनी सिंहले यो गीतमा र्‍याप भरेका छन् । उक्त गीतमा ६ सय विदेशी मोडलले ब्याकग्राउन्ड डान्सरका रुपमा प्रस्तुति दिएका थिए ।

शाहरुख खान, माधुरी दीक्षित तथा ऐश्वर्या राय बच्चन अभिनित फिल्म देवदासको ‘डोला रे डोला’ गीत हिट भएको थियो । फिल्मका निर्देशक सञ्जय लीला भन्सालीले उक्त गीतका लागि भव्य सेटको व्यवस्था गरेका थिए । फिल्मकि कोरियोग्राफर सरोज खानका अनुसार गीतको छायांकनमा करिब ४ करोड रुपैयाँ खर्च भएको थियो ।

शाहरुख खानको फिल्म ‘रावण’ को ‘छमक छल्लो’ गित पनि हिट भयो । यो गीत हलिउड गायक एकोनले गाएका हुन् । मिडिया रिपोर्ट अनुसार उक्त गीतको बजेट करिब ५ करोड रुपैयाँ थियो ।

प्रतिक्रिया