वृद्धवृद्धा लक्षित वुवा केयर सञ्चालनमा

काठमाडौं । नयाँ वर्षसँगै वुवा केयर डटकम नामक संस्थाको सुरुवात भएकाे छ।
५५ वर्षदेखि माथि उमेर समूहका मानिसहरूलाई लक्षित गरी वुवा केयर डटकमले स्वास्थ्य, मनोरञ्जन तथा नेपाल-भारतका प्रमुख तीर्थस्थल दर्शन गराउने र उक्त उमेर समूहका मानिसहरूलाई शारीरिक, मानसिक तथा सामाजिक रूपमा स्वस्थ बनाउने उद्देश्यले संस्थाको सुरुवात गरिएको हो।
संस्थाका अध्यक्ष डा. अनाम प्याकुरेलले व्यस्त जीवनशैलीका कारण वृद्धवृद्धाहरूको सामाजिक जीवनलाई गुणस्तरीय बनाउनका लागि वुवाकेयर डटकमले विशेष सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
घरमै बसीबसी सम्पूर्ण स्वास्थ्य समस्याहरूको पहिचान तथा निदानको लागि गुणस्तरीय तथा सर्वसुलभ रूपमा शारीरिक जाँचको व्यवस्था गराउने, आकस्मिक अवस्था तथा विशेषज्ञ डाक्टरको परामर्श अनलाइन तथा आवश्यक परेमा घरमै गएर समेत स्वास्थ्य सेवा पुर्याउने र डाक्टरको परामर्श पश्चात् आवश्यक पर्ने सम्पूर्ण औषधिहरूको घरमै डेलिभरीको व्यवस्था गर्ने संस्थाको उद्देश्य छ।
यसैगरी मनोरञ्जनर्फ वुवाकेयर डटकमका सदस्यहरूको जन्मदिन, वैवाहिक वार्षिकोत्सव, तथा अन्य विशेष अवसरहरूको आयोजना गरी सामूहिक रूपमा सदस्यहरूमाझ मनाउने र विभिन्न पर्यटकीय क्षेत्रहरूको अवलोकन भ्रमणको व्यवस्था समेत गरेकाे छ ।
वुवाकेयर डटकमले आफ्ना सदस्यहरूलाई समय-समयमा नेपाल तथा भारतका तिर्थस्थलहरुको दर्शन गराउने व्यवस्था पनि गरेको छ ।

प्रतिक्रिया