शपथ लिए लगत्तै परराष्ट्र मन्त्री साउदले गरे पदभार ग्रहण
नेपालखोज
२०८० वैशाख ३ गते १६:३८

काठमाडौं । सपथ ग्रहण लगत्तै नवनियुक्त परराष्ट्र मन्त्री एनपी साउदले पदभार ग्रहण गरेका छन् । आइतबार अपराह्न उनले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन् ।
सिंहदरबारमा उनलाई कर्मचारीहरूले फूलमालाले स्वागत गरेका थिए । यसअघि उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ खुवाएका थिए ।
पदभार ग्रहण गरेलगत्तै उनले नेपाल एउटा शान्तिप्रिय देश, लोकतान्त्रिक देशको रूपमा विश्वभर चिनिने अवस्था आउनेमा आफूले विश्वास लिएको बताए ।
साउद कांग्रेसका केन्द्रीय सदस्य हुन् । कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री, प्रवक्ता प्रकाशशरण महत अर्थमन्त्री, नेताहरू रमेश रिजाल उद्योगमन्त्री र सीता गुरूङ सहरी विकास मन्त्री बनेका थिए ।
सम्बन्धित
प्रतिक्रिया