बिहीबार, जेठ २, २०८२

ढल राख्ने क्रममा पुरिएर १ जनाको मृत्यु

नेपालखोज २०८० वैशाख ३ गते १९:५५

काठमाडौं । भक्तपुरको बालकोटमा ढल राख्ने क्रममा पुरिएर १ जनाको मृत्यु भएको छ । अर्का १ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा सुनसरीको गढी गाउँपालिका वडा नं. २ घर भई हाल भक्तपुर बालकोट बस्ने वर्ष २२ को नितेश सदा रहेका प्रहरीले जनाएको छ । घाइते भएका सियाराम सदाको उपचार भइरहेको छ ।

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट रागीनी हाइटस्थित कौशलटारबाट सिरुटार जाने सडक खण्डको भित्रि बस्तीमा नयाँ ढल बिस्तारको लागि खाल्डो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेको थियो ।

प्रतिक्रिया