गुजरातलाई पन्जाबले हरायाे

काठमाडाैं । कप्तान सञ्जु स्यामसन र शिम्रन हेटमायरको उत्कृष्ट ब्याटिङमा राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ को २३ औं खेलमा गुजरात जायन्ट्सलाई तीन विकेटले पराजित गरेको छ । राजस्थान ५ खेलमा ४ मा जित र १ मा हारसहित ८ अंकका साथ अंक तालिकामा शीर्ष स्थानमा छ ।
जितका लागि १ सय ७८ रनको लक्ष्य राजस्थानले १९.२ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । राजस्थानको जितमा शिम्रन हेटमायरले २६ बलमा २ चौका र ५ छक्कासहित ५६ रनको उत्कृष्ट अविजित इनिङ खेले । स्पिनर नुर अहमदलाई छक्का हान्दै हेटमायरले खेल सकेका थिए ।
कप्तान सञ्जु स्यामसन ३२ बलमा ३ चौका र ६ छक्कासहित ६० रनमा आउट भए । एक समय राजस्थान ओपनर यशस्वी जैसवाल एक र जस बटलर डक आउट हुँदा ४-२ को अवस्थामा थियो । घरेलु मैदान अहमदाबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो ।

प्रतिक्रिया