शनिबार, जेठ ५, २०८१

वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असर

नेपालखोज २०८० वैशाख ४ गते ७:३०

काठमाडाैं । अहिले हाम्रो काठमाडौं संसार कै सबैभन्दा वायु प्रदूषित राजधानिमा दरिए पछि यहाँको स्थितिलाई लिएर चौतर्फी चिन्ता व्यक्त हुन थालेको छ ।

वायुमण्डल हाम्रो पर्यावरणको एउटा महत्वपूर्ण अंग हो । वायु बिना हामी केही मिनेटमात्र जिबित सक्छौं । जिवनका लागि नभई नहुने वायु नै प्रदुषित भयो भने त्यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर पुर्याउँछ ।

कुनैपनि हानिकारक रसायनिक , भौतिक वा जैविक तत्व वायुमण्डलमा मिसिएर त्यसलाई खराब तुल्याउनु नै वायु प्रदूषण हो । वायु प्रदूषणका कारण मानिसलाई मात्र नभएर अन्य जीवजन्तुहरु साथै पर्यावरणमा समेत असर पुग्छ ।

वायु प्रदूषण दुई प्रकारको हुन्छ
घर भित्रको वायु प्रदूषण
घर बाहिरको वायु प्रदूषण

वायु प्रदूषणको कारण

–धुलो

–कलकारखानाबाट निस्कने धुवाँ

–धुँवा निकाल्ने साधनहरु

–वनजंगलको डढेलो

–काठ, इन्धन वा फोहर तथा प्लास्टिक बाल्दा निस्कने धुँवा

–धुम्रपानको धुँवा आदिबाट निस्कने ग्यासहरु , जस्तै– कार्बनडमइअक्साइड, मिथेन, नाइट्रसअक्साइड, अमोनिया, सल्फरडाइअक्साइड, सिसा आदि वायु प्रदूषणका मुख्य कारण हुन् ।

वायु प्रदूषणका कारण स्वास्थ्यमा पर्ने असर

–मुटु तथा रत्तनली सम्बन्धी रोग हुने जोखिमलाई बढछ।

–श्वासप्रश्वास सम्बन्धी दीर्घ रोग , दमको रोग

–फोक्सोको क्यान्सर

–मस्तिष्कघात

–आँखा, नाक तथा घाँटिको संक्रमण

–कम तौल भएको बच्चा जन्मने

–अवदि नपुग्दै बच्चा जन्मने ।

वायु प्रदूषण नियन्त्रण गर्ने उपाय

–धुम्रपान नगर्ने।

–धुँवा रहित चुल्लोको प्रयोग गर्ने

–धुँवा निकाल्ने सवारी साधानहरुको सट्टा धुँवा ननिकाल्ने साधनहरु प्रयोगमा ल्याउने

–कारखानाहरु शहरी क्षेत्र तथा आवास क्षेत्रहरु भन्दा टाढा निर्माण गर्ने

–वन विनाश रोकि वृक्ष रोपण गर्ने

–घरबाहिर निस्किदा मास्क प्रयोग गर्ने ।

प्रतिक्रिया