शुक्रबार, असार ६, २०८२

विश्वका सबैभन्दा प्रदूषित शहरमा काठमाडौं पछि कुन-कुन शहर छन् ?

नेपालखोज २०८० वैशाख ४ गते १४:०६

काठमाडाैं । विश्वका प्रदूषित शहरको सूचीमा नेपालको राजधानी काठमाडौं शीर्ष स्थानमा कायमै छ । यसको कारण नेपालको जंगलमा लागेको आगलागीका कारण यहाँको भिजिबिलिटी प्रभावित हुनु लाई बताइएको छ ।

विश्वका १ सय १ शहरको वास्तविक समय प्रदूषण मापन गर्ने संस्था आइक्यू एयरका अनुसार आइतबार दिउँसो काठमाडौंको वायु गुणस्तर सूचकांक १९० नाघेको थियो ।काठमाडौंपछि थाइल्याण्डको चियाङमाई दोस्रो, भियतनामको हनोई तेस्रो, थाइल्यान्डको बैंकक चौथो तथा बंगलादेशको ढाका पाँचौं स्थानमा छन । यो सुचिमा भारतको कोलकाता छैठौं तथा दिल्ली नवौं नम्बरमा छन ।

फोहोरा दरबारस्थित अमेरिकी दूतावासको वायु गुणस्तर मापन केन्द्रका अनुसार काठमाडौंको एक्युआई २०० अंक नाघेको छ । यस क्रममा यहाँको हावा पनि विषाक्त भएको बताइएको छ । गत बिहीबार वातावरण मन्त्रालयले काठमाडौं उपत्यकासहित देशका मध्य तथा पूर्वी भागका वनमा लागेको आगो र कृषिका अवशेष जलाइएका कारण वायु प्रदूषणको मात्रा बढेको जनाएको थियो ।

नेपालका बारा, पर्सा, चितवनलगायत १ सय ४० भन्दा बढी स्थानमा वायु प्रदूषण खतरनाक स्तरमा छ । चिकित्सकहरुले यो प्रदुषणबाट जोगिन अनिवार्य रुपमा मास्क लगाउन सुझाव दिएका छन् । आइक्यू एयरले वायु प्रदूषणको स्तरलाई ० देखि ५०० सम्मको तहमा विभाजन गरेको छ । २०१ देखि ३०० सम्मको आइक्यू एयर लाइ बैजनी रंग प्रदान गरिन्छ । यसमा काठमाडौं उपत्यकाले २ सय १ नम्बर ल्याएको छ । यो मानव स्वास्थ्यका लागि धेरै खतरनाक स्तर हो ।

प्रतिक्रिया