मंगलबार, जेठ २८, २०८२

संवैधानिक परिषद्को बैठक आगामी शुक्रबार बस्दै

नेपालखोज २०८० वैशाख ४ गते २०:०१

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषदको बैठक बोलाएका छन् । शुक्रबार बिहान ९ बजे सिंहदरबारमा बस्ने गरी बैठक बोलाइएकाे हाे । यो बैठकले प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्ने तयारी रहेको जनाइएकाे छ ।

चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाशमा गएपछि २७ मंसिर २०७९ देखि प्रधानन्यायाधीश पद रिक्त छ । हाल कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की रहेका छन् ।

प्रतिक्रिया