श्रीलंकाली नौसेनाद्वारा १ सय ७९ किलो हेरोइन बरामद
नेपालखोज
२०८० वैशाख ५ गते ६:५८

श्रीलंका । श्रीलंकाको नौसेनाले सोमबार एक सय ७९ किलोग्राम हेरोइन बरामद गरेको छ । साथै र सो कारोबारमा संलग्न छ जनालाई अन्तरराष्ट्रिय जलक्षेत्रबाट पक्राउ गरेको छ ।
नौसेनाले श्रीलंकाको दक्षिणी तटमा रहेको अन्तरराष्ट्रिय जलक्षेत्रबाट उक्त हेरोइन बरामद गरेको नौसेनाका प्रवक्ता गायन विक्रमसूरियाले बताएका छन् ।
हेरोइनको अनुमानित मूल्य १०.९ मिलियन अमेरिकी डलरभन्दा बढी भएको बताइएको छ । नौसेना, प्रहरी र गुप्तचर निकायको संयुक्त कारबाहीमा यो सफलता हात लागेको हो ।
सम्बन्धित
प्रतिक्रिया