केही नयाँ स्वास्थ अनुसन्धानले के भन्छन् ?

नेपालखोज २०८० वैशाख ५ गते ६:४३

काठमाडाैं । अमर हुनु मानिसको पुरानो सपना मध्ये एक हो । मानव सभ्यताको प्रारम्भदेखि नै मानिसहरूले दीर्घायुका लागि सबै प्रकारका युक्ति अपनाइरहेका छन् । यद्यपि एउटा नयाँ अनुसन्धानमा वैज्ञानिकहरूले दीर्घायुको रहस्य पत्ता लगाएको दाबि गरेका छन् । यो अनुसन्धानका क्रममा सय वर्षभन्दा बढी बाँचेका मानिसहरूको जाँच गर्दा उनीहरूमा विशेष ढाँचा देखियो । जसका आधारमा अबको केही वर्षमा सबैजना १०० वर्षभन्दा बढी बाँच्न सक्ने बताइएको छ ।

टफ्ट्स मेडिकल सेन्टर तथा बोस्टन युनिभर्सिटीले संयुक्तरूपमा १०० वर्षभन्दा बढी बाँचेका केही व्यक्तिको जाँच गरे । ती सबै मानिसमा फरक प्रकारको प्रतिरक्षा कोशिका प्रणाली रहेको पत्ता लाग्यो जसको सहयोगमा उनिहरुले लामो जीवन बाँच्न पाए । यो ढाँचालाई अन्य व्यक्तिमा पनि लागू गर्न सके उनीहरूको आयु लामो हुने अपेक्षा गरिएको छ ।

लामो सप्ताहन्तले स्वस्थ बनाउँछ

सबै जसो मानिस स्वस्थ रहन चाहन्छन् भने उनिहरूलाई छुट्टी पनि मनपर्छ । एउटा ताजा अनुसन्धानबाट के पत्ता लागेको छ भने धेरै बिदा लिने मानिसहरु पनि स्वस्थ रहन्छन् । यसको अर्थ सप्ताहन्तमा गरिएको रमाइलो र घुमफिरले मानिसलाई स्वस्थ पनि राख्नेछ । युनिएसएले गरेको अनुसन्धान अनुसार साताको अन्त्यमा लामो छुट्टी लिने मानिसहरू स्वस्थ हुनुका साथै काममा अरूको तुलनामा राम्रो प्रदर्शन गर्ने खालका भएको देखिन्छ । य‍ो अनुसन्धानका आधारमा हप्ताको ४ दिन काम गर्नु र ३ दिन बिदा दिनु राम्रो विकल्प भएको बताइएको छ । विश्वका कतिपय देशमा यस्तो भैरहेको पनि छ ।

महिला र पुरुष मोटोपनको कारण फरक–फरक

घरमा पति पत्नी दुवै मोटोपनले सताइएका भए भने के गर्ने ? हुनसक्छ उनीहरू सँगै जिममा सामेल हुनेछन् र सँगै डाइट प्लान बनाउँछन् । यद्यपि यसो गर्दा एक जनालाई मात्र फाइदा हुनेछ । हालै गरिएको एक अनुसन्धानबाट यस्तै कुरा बाहिर आएको छ । स्वास्थ्य जर्नल ‘ब्रेन कम्युनिकेसन’ मा प्रकाशित अनुसन्धान रिपोर्ट अनुसार महिला र पुरुषमा मोटोपनको कारण फरक–फरक हुनसक्छ र उनीहरुको शरीरमा यसको असर पनि फरक–फरक नै देखिन सक्छ । नतिजा यसलाई एउटै तरिकाले उपचार गर्न सकिँदैन अर्थात् उनिहरु दुबै लाई एउटै आहार र एउटै फिटनेस प्लान दिन मिल्दैन ।

लाखौं वर्ष पुरानो भाइरसले परास्त गर्नेछ

क्यान्सरलालाई लाखौं वर्ष पुरानो भाइरसले शरीरको कुनै पनि भागमा बढ्दै गएको क्यान्सरसँग लड्ने र त्यसलाई परास्त गर्ने कुरा पत्याउन गारै छ । यद्यपि फ्रान्सिस क्रिक इन्स्टिच्युटले गरेको एक अनुसन्धानले मानिसको डीएनएमा बस्ने लाखौं वर्ष पुराना भाइरस एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै क्यान्सर कोशिकासँग लड्न सक्षम रहेको पत्ता लगाएको छ । अनुसन्धान प्रतिवेदनमा भनिएको छ – शरीरमा क्यान्सर कोशिका पत्ता लाग्ने बित्तिकै लाखौं वर्षदेखि निष्क्रिय भाइरस अचानक सक्रिय हुन्छ र यो असाध्य रोगसँग लड्न थाल्छ ।

प्रतिक्रिया