एनआरटीसँग खुमलटार पराजित
नेपालखोज
२०८० वैशाख ५ गते १८:३२

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटारलाई हराउँदै न्युरोड टिम (एनआरटी)ले दोस्रो जित निकालेको छ ।
मंगलबार दशरथ रंगशालमा भएको खेलमा एनआरटीले एफसी खुमलटारलाई ३-१ ले पराजित गरेको हो ।
यस जितपछि खुमलटारलाई नै पछि पार्दै एनआरटी दशौं स्थानमा उक्लेको छ । चारै गोल दोस्रो हाफमा भएको थियो ।
जहाँ एनआरटीको लागि सरोज तामाङ ६५औं, सन्जिब विष्टले ८२औं र मोहित गुरुङले ८५औं मिनेटमा गोल गरे ।
खुमलटारका श्यामु मुर्मुले ९०औं मिनेटमा सान्त्वना गोल फर्काए ।
जितपछि ९ खेलबाट १० अंक जोडेको एनआरटी रेलिगेसन जोन छाड्दै दशौं स्थान उक्लेको छ ।
उति नै अंक रहेको खुमलटार ११औं स्थानमा झरेको छ ।
सम्बन्धित

प्रतिक्रिया