बुधबार, जेठ १, २०८२

चीनका उपप्रधानमन्त्री र उज्बेक समकक्षीबीच भेटवार्ता

नेपालखोज २०८० वैशाख ५ गते २०:५६

बेइजिङ । चिनियाँ उपप्रधानमन्त्री लिउ गुओझोङले मङ्गलबार बेइजिङमा उज्वेकिस्तानका उपप्रधानमन्त्री जम्सिद कुचकारोभसँग भेटवार्ता गरेका छन् ।

सो अवसरमा लिउले दुई राष्ट्र प्रमुखले गरेको सहमतिलाई पूर्णरूपमा कार्यान्वयन गर्न र चीन-उज्बेकिस्तान सम्बन्धलाई थप नयाँ उचाइमा पुर्या उन उज्वेकिस्तानसँग मिलेर काम गर्न चीन तयार रहेको बताए ।

चीनले गरिबी निवारणमा हासिल गरेको उपलब्धि र अनुभवको बारे बताउँदै लिउले गरिबी निवारणमा चीनले सहयोग सुदृढ गर्ने र विश्वव्यापी गरिबी निवारण उद्देश्यको विकासलाई प्रवर्द्धन गर्ने पनि बताए ।

त्यसैगरी कुचकारोभले गरिबी न्यूनीकरण र विकासमा चीनको अनुभवबाट पाठ सिक्न र विभिन्न क्षेत्रमा चीनसँगको आदानप्रदान र सहयोगलाई अझ गहिरो बनाउन उज्बेकिस्तान इच्छुक रहेको बताए ।

प्रतिक्रिया