गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको सम्भावना

काठमाडाैं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाहाखाले जनाएकाे छ । अहिले सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र कोशी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरुको मौसम समान्यतया सफा रहेको विभागले जनाएकाे छ ।
आज दिउँसो देशका सुदूर पश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहितहल्का/क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ । त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशहरुका तराईका केही स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको साथै उपत्यका लगायत देशका केही भू-भागहरुमा तुवाँलोको सम्भावना रहेको विभागले जनाएकाे छ ।
आज राति देशका सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा मौसम आन्शिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले जनाएकाे छ । साथै गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दूई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना रहेको विभागले जनाएकाे छ ।

प्रतिक्रिया