आइतबार, जेठ ६, २०८१

उपराष्ट्रपति भेटेर चलचित्र सङ्घले के भन्याे ?

नेपालखोज २०८० वैशाख ६ गते ७:२५

काठमाडौं । नेपाल चलचित्र नृत्य सङ्घले उपराष्ट्रपति रामसहायप्रसाद यादवसमक्ष चलचित्र क्षेत्रका विद्यमान राष्ट्रिय समस्या समाधानका निम्ति सरकारसँग पहल गरिदिन आग्रह गरेको छ ।

मंगलबार उपराष्ट्रपति निवास लैनचौरमा आयोजित एक समारोहमा सङ्घले उपराष्ट्रपति यादवलाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएकोमा चलचित्र क्षेत्रको तर्फबाट बधाई एवं कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै सो कुराको आग्रह गरेको हो ।

शुभकामना आदानप्रदान तथा सम्मान समारोहमा उपराष्ट्रपति यादवलाई मायाको चिनो अर्पण गरिएको थियो । कार्यक्रममा सङ्घका अध्यक्ष जनकबहादुर कार्की, कलाकार सङ्घका अध्यक्ष मोहन निरौलालगायतले उपराष्ट्रपति समक्ष शुभकामना व्यक्त गररेका थिए ।

कार्यक्रममा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न कलाकारको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया