’ए’ डिभिजन लिगमा आज तीन खेल हुँदै

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज तीन खेलहरु हुँदैछ ।
दुई खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एक खेल च्यासल मैदानमा हुनेछ ।
रंगशालामा हुने पहिलो खेलमा एपीएफ क्लब र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
एपीएफ आज चौंथो जितको योजनामा हुनेछ । एपीएफ ९ खेलमा ११ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
साविक विजेता मछिन्द्र चौंथो जितको खोजीमा हुनेछ । मछिन्द्र १३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।
त्यस्तै रंगशालामै हुने दोस्रो खेलमा फ्रेन्ड्स क्लब र संकटा क्लबबीच खेल हुनेछ । खेल साँझ ६ बजे सुरु हुनेछ ।
फ्रेन्ड्स आज तेस्रो जितको खोजीमा हुनेछ । फ्रेन्ड्स ८ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।
संकटा आज पाँचौं जित निकाल्न चाहन्छ । संकटा १५ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
च्यासलमा हुने खेलमा जावलाखेल युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
शीर्ष स्थानको जावलाखेल छैटौं जित निकाल्न चाहन्छ । जावलाखेलले १७ अंक जोडेको छ ।
पुलिस आज दोस्रो जित निकाल्न चाहन्छ । पुछारको पुलिसले ५ अंक जोडेको छ ।

प्रतिक्रिया